खेलको क्रममै म्यानचेस्टर युनाइटेडका दुई खेलाडी बिच भना भन भए पछि 

बुधवार राती प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेस विरुद्ध खेलेको थियो भने उक्त खेलमा म्यानचेस्टर युनाइटेडका दुई खेलाडी बिच विवाद भए पछि हाल सो वारे धेरै चर्चा हुँदै गरेको छ।

खेलको २८औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका स्टार एन्टोनी र ब्रुनो फर्नान्डिस बिच भना भन हुन पुगेको थियो। युनाइटेडले अट्याक गर्ने क्रममा मिस पासको कारण उक्त अट्याक असफल भए पछि युनाइटेडका कप्तान ब्रुनो फर्नान्डि सो कुराबाट खुसी थिएनन् जसको कारण उनको स्टार विंगर एन्टोनी सँग केही विवाद भएको थियो।

दुई बिच पोर्चुगिज भाषामा भना भन भएको थियो र एन्टोनीले ब्रुनोलाई पोर्चुगिज भाषामा मुख छाडेको जानकारी छ। दुई बिचको उक्त भना भन बाबजुद केही ठुलो तनाव भने भएको थिएन र दुई बिच कुनै थप ठुलो विवाद नरहेको रिपोर्ट छ ।

उक्त खेल भने १-१को बराबरीमा अन्त्य भएको थियो। खेलको ४३ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका ब्रुनोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए तर खेलको अन्तिम समयमा क्रिस्टल प्यालेसका माइकल ओलिसले निकै उत्कृष्ट फ्री किक गोल गर्दै खेल बराबरीमा लगे।

बराबरी पछि लिगको तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटी सम्मान ३९ अंक जम्मा गरेको छ तर युनाइटेडले सिटी भन्दा एक खेल बढी खेलेको छ अब म्यानचेस्टर युनाइटेडले आइतबार लिग लिडर आर्सनल विरुद्ध खेल्ने छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ