खेलको क्रममै पिके र ग्रिजम्यान बिच यस्तो बहस भएको खुलासा

च्याम्पियन्स लिगमा बार्साको पिएसजी विरुद्ध लज्जास्पद हार भएको थियो र सो खेलमा बार्साका खेलाडी एक अर्का सँगै बहस गर्दै गरेको कुरा खुलेको छ।

बार्साले ४-१को हार बेहोरेको उक्त खेलमा स्टार डिफेन्डर पिके आफ्नो खेलाडीहरूको प्रदर्शनमा खुसी नरहेको र खेलाडीहरू माथि चिच्याउन थालेको खुलेको छ र ग्रिजम्यानले उनलाई चुप लग्न भने पछि दुई बिच भना-भन भएको खुलेको छ।

खेलमा बल होल्ड गर्न नसेको र पोजिसन राख्न पिकेले आफ्नो खेलाडीहरूलाई चिच्याउन थालेको र सो पछि ग्रिजम्यान र उनी बिच बहस भएको खुलेको छ भने दुवैले नै अप-शब्द प्रयोग गरेको भेटिएको छ।

हाल बार्साका फ्यानहरू आफ्नो टिमको प्रदर्शनबाट खुसी छैनन् भने खेलाडीहरू बिच नै मैदानमा बहस भएको खुले पछि खेलाडीहरूको थप आलोचना भएको छ।