बिहीबार इटालियन ‘सिरी ए’मा इन्टर मिलानले नापोली विरुद्ध खेलेको थियो भने उक्त खेलको एक रमाइलो क्षण हाल धेरै भाइरल हुँदै गएको छ।
ptdrrrr lukaku pic.twitter.com/RV38RDePEH
— C💧c💧l i t o (@Cocov1_) January 4, 2023
उक्त खेलमा इन्टर मिलानका स्टार स्ट्राइकर लुकाकुले बललाई नियन्त्रण गर्न नसकेको देखेर नापोलीका बेन्चमा रहेका खेलाडीहरूले आफ्नो हाँसो रोक्न सकेनन् भने उक्त भिडियो हाल धेरै भाइरल हुँदै गएको छ।
लुकाकुको खराब ‘फस्ट टच’को धेरै समय देखि आलोचना हुँदै आएको छ भने उक्त खेलको ३३ औँ मिनेटमा पनि आफू तर्फ आएको एक पासलाई उनले नियन्त्रण गर्न सकेनन् भने उनको टचले बल आउट हुन पुगेको थियो।
— Extra Time Indonesia (@idextratime) January 5, 2023
लुकाकुको उक्त खराब ‘फस्ट टच’ देखेर नापोलीका बेन्चमा रहेका जियोभन्नी सिमोनेले आफ्नो हाँसो लुकाउन सकेनन्। उक्त उक्त घटनाको भिडियो निकै भाइरल हुँदै गएको छ।
सो खेल भने इन्टर मिलानले १-०ले जितेको थियो। इन्टर मिलानका एडिन जेकोले ५६ औँ मिनेटमा गोल गर्दै खेलमा इन्टरलाई अग्रता दिलाएका थिए र उक्त गोल इन्टरको जितको लागि पर्याप्त रह्यो।