खेलको क्रममा रेफरीले बन्दुक निकाले पछि

हाल सामाजिक सञ्जालहरूमा फुटबल खेलको क्रममा रेफरीले बन्दुक निकाको भिडियो धेरै भाइरल हुँदै गएको छ। उक्त भिडियोमा खेल मैदान भित्र रेफरीको हातमा बन्दुक देख्न सकिन्छ भने सो भिडियो धेरै भाइरल हुन पुगेको छ।

उक्त भिडियो भने ल्याटिन अमेरिकन राष्ट्र होन्डुरस रहेको छ। उक्त घटना होन्डुरसको लोकल खेलको क्रममा भएको जानकारी छ। खबर अनुसार खेल अन्त्य भए पछि टिमका समर्थकहरू बाट आफूलाई बचाउन रेफरीले बन्दुक निकालेका थिए।

खबर अनुसार खेलको क्रममा रेफरीले पेनाल्टी नदिएको भनेर धेरै समर्थकहरू रेफरीबाट खुसी थिएनन् र खेल अन्त्य भए पछि केही समर्थकहरू मैदानमा पुगे पछि रेफरीले आत्म रक्षाको लागि बन्दुक निकाले निकाले। उनले बन्दुक गोलीले भरिएको छ भनेर देखाउन मैदानमा गोली प्रहार गरेको पनि रिपोर्ट रहेको छ।

ल्याटिन अमेरिकन देशहरूमा फुटबल सम्बन्धित हिंसा धेरै रहेको छ। क्लबका फ्यानहरू बिच झगडा हुने देखि रेफरी माथि दुर्व्यवहार हुने गरेको धेरै घटना रहेको छ भने हाल आफ्नो सुरक्षाको लागि लोकल खेलमा रेफरीले बन्दुक निकालेको भिडियो भाइरल हुँदै गएको छ।