खेलको क्रममा मोरिन्हो र लाम्पार्ड बीच भनाभन भए पछि

खेलको क्रममा टचलाइन चेल्सी कोच फ्रयान्क लाम्पार्डको फेरी अर्को कोच संग भनाभन भएको छ। गत सिजन क्लोप संग उनको येस्तै विवाद भएको थियो भने मंगलबार राति भएकाे लिग कपको खेलमा टोटेनह्याम बिरुद्धको खेलमा उनि चेल्सीका पुर्व कोच मोरिन्हो संग विवाद गर्न पुगे।

सो खेलमा टोटेनह्यामले चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ गाेल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको छ भने खेलमा दूई कोच बीच भएको भनाभन बारे सामाजिक संजालमा चर्चा भएको छ ।

खबर अनुसार मोरिन्होले चेल्सीले लिगको खेलमा वेस्ट ब्रोम बिरुद्ध ३ गोल खाएको कुरा बारे मजाक गरेका थिए।

“फ्रयान्क, जब तिमी ३-०ले पछि थियो त्यो समय तिमी यहाँ उभिरहेको थिएनौं” मोरिन्होले लाम्पार्डको मजाक उडाएर भनेको खबर छ।

दुई बीच भएको विवादको चर्चा धेरै हुदै गरेको। कुनै समय लाम्पार्ड चेल्सीका कप्तान थिए भने मोरिन्हो चेल्सीका कोच।

मंगलबार भएको खेल निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको छ। दशौं तथा चेल्सीका लागि पाँचौ पेनाल्टी हानेका मासन माउन्टको प्रहार आउट हुँदा टोटेनहम ५-४ ले विजयी भयो।

पेनाल्टी सुटआउटमा टोटेनहमका लागि ह्यारी केन, लुकास माउरा, पियरे-एमिल होयबर्ग, इरिक लामेला र इरिक डायरले गोल गरेका थिए। चेल्सीका इमरसन, जोर्गिन्हो, सीजर अज्पीलिक्वेता र टमी अब्राहमको पेनाल्टी सफल भयो।

त्यसअघि खेलमा अग्रता भने चेल्सीले लियो। चेल्सीका लागि टिमो वर्नरले खेलको १९ मिनेटमा गोल गरे। खेल सकिन ७ मिनेट बाँकी छदा टोटेनहमले बराबरी गोल फर्काउन सफल भयो । टोटेनहमका लामेलाले ८३ मिनेटमा गोल गरेका थिए ।