खेलको क्रममा पोर्तोका खेलाडी बेहोश भए पछि

पोर्चुगलको लिगा नोसमा पोर्तो र बेलेन्स बिचको खेलमा पोर्तोका खेलाडी बेहोस हुन पुगेका थिए।

पोर्तोका नानू विपक्षी गोलकिपर स्टानिस्लाव क्रितिस्युकसँग ठोक्न पुगे र उनको टाउको लागेको देख्न सकिन्थ्यो जसको कारण उनी मैदानमै बेहोस हुन पुगे।

सो घटनाबाट पोर्तोका खेलाडीहरू निकै दु: खी देखिन्थे भने पूर्व रियल म्याड्रिड स्टार पेपेले आफ्नो आँसु थाम्न नसकेको देखिन्छ।

नानूको उपचारको लागि एम्बुलेन्स मैदानमै ल्याउन परेको थियो र उनी अस्पताल भर्ना भएका छन्। उक्त खेल ०-०को बराबरीमा अन्त्य भएको थियो र सो घटनाको हाल धेरै चर्चा हुँदै गएको छ।