खेलको क्रममा टिम-मेट बिच नै झगडा भए पछि

इङ्गल्यान्डको तेस्रो डिभिजनको लिग- ‘लिग टु’मा शनिवार निकै अनौठो घटना भयो। ग्रिमस्बी टाउन र ब्राडफोर्ड सिटी बिचको खेलमा ग्रिमस्बी टाउनका स्ट्राइकर आफ्नै टिम-मेट सँग झगडा गर्न पुगे र उनले रातो कार्ड पाए।

खेलको ४२औँ मिनेटमा ब्राडफोर्ड सिटीले गोल गर्दै अग्रता लिएको थियो र पहिलो हाफ अन्त्य हुँदा ग्रिमस्बी टाउनका स्ट्राइकर स्टीफन पायन र फिलिप मोरइस बिच झगडा हुन पुग्यो।

पहिलो हाफ अन्त्य भए हुँदा खेलाडीहरू ड्रेसिङ रुम जाने क्रममा ग्रिमस्बी टाउनका स्टीफन पायन र फिलिप मोरइस बिच केही विवाद भएको देख्न सकिन्थ्यो भने स्टीफन पायनले आफ्नै टिम-मेटलाई जिदान शैलीमा आफ्नो टाउकोले हान्न पुगे।

उक्त घटना पछि ग्रिमस्बीका स्ट्राइकरलाई रेफ्रीले सिधै रातो कार्ड देखाए। उक्त अनौठो घटनाको हाल धेरै चर्चा हुँदै गरेको छ भने सो भिडियो पनि भाइरल हुँदै गएको छ।

उक्त खेल ग्रिमस्बी टाउनले १-०ले हारेको थियो।