खेलको क्रममा टिम-मेट बिच नै झगडा भए पछि

फुटबल खेलमा दुई टिमका खेलाडीहरू बिच खेलको क्रममा विवाद हुनु सामान्य हो भने धेरै पटक खेलाडीहरू बिच ठुलो झगडा पनि हुने गर्छ तर टर्कीको शीर्ष डिभिजनको लिगमा टिम मेट बिच नै झगडा भए पछि हाल उक्त घटनाको धेरै चर्चा हुँदै गरेको छ।

टर्कीको सुपर लिगमा गलाटासारेले लिगको पहिलो खेलमा गिरेसुनस्पर सँग खेलेको थियो र उक्त खेलमा गलाटासारेका दुई खेलाडी एक अर्का सँग झगडा गर्न पुगे।

खेलको ६३औँ मिनेटमा गलाटासारेका डिफेन्डर मार्काओ र केरेम बिच झगडा हुन पुग्यो। मार्काओले आफ्नै टिम-मेटलाई ‘हेड-बट’ गर्न पुगे पछि उनले रातो कार्ड पाए।

दुई बिच के कुरामा विवाद भएको भनेर खुलेको छैन तर उक्त घटनाको भने हाल धेरै चर्चा हुँदै गएको छ र सो खेलको भिडियो धेरै भाइरल भएको छ।

उक्त खेल भने गलाटासारेले २-०ले जितेको थियो तर हाल उक्त खेलको गोल वा अन्य राम्रो कुरा भन्दा टिम-मेट बिच भएको झगडाको धेरै चर्चा हुँदै गरेको छ।