खेलको क्रममा खेलाडीहरू र विपक्षी टिमका समर्थकहरू बिच तनाव भए पछि

आइतबार राती फ्रेन्च लिगमा मार्से र नाइस बिचको स्थगित हुन पुगेको थियो। खेलको क्रममा मार्सेका खेलाडीहरू र विपक्षी टिमका समर्थकहरू बिच तनाव भए पछि खेल स्थगित भएको हो।

खेलको ७३ औँ मिनेटमा नाइसका समर्थकहरूले मार्से खेलाडी पायेट माथि बोतल प्रहार गरे र उनले त्यो बोतल फेरी समर्थकहरूलाई लक्षित गर्दै प्रहार गरे पछि नाइसका समर्थकहरू हिंसात्मक बन्न थाले र समर्थकहरूले मैदान छोड्न प्रयास गरे।

मार्सेका खेलाडी र नाइसका समर्थकहरू बिच तनाव हुन पुग्यो भने धेरै संख्यामा समर्थकहरू मैदान भित्र पुग्न थाले पछि खेल स्थगित हुन पुग्यो। खेलमा नाइसको १-०को अग्रता रहेको थियो तर उक्त घटना पछि खेल भने स्थगित हुन पुगेको छ र अब उक्त खेल फेरी कहिले हुने बारे कुनै जानकारी आएको छैन।

हाल उक्त घटनाको भिडियो धेरै भाइरल हुँदै गएको छ भने समर्थकहरूको उक्त व्यवहारको कारण ओजीसी नाइस विरुद्ध कारबाही हुन सक्ने जानकारी छ।