खेलको क्रममा कोलम्बियाका डिफेन्डरलाई यस्तो डरलाग्दो चोट लागे पछि

शनिबार भएको कोलम्बिया र भेनेजुएलाबीच भएको विश्वकप क्वालिफायरको खेलमा कोलम्बियाका डिफेन्डर स्यान्टियागो एरियासलाई निकै नराम्रो चोट लाग्यो।

बायर लेवरकुसेनका राइट ब्याक खेलको आठौं मिनेटमै चोटग्रसित हुन पुगे। विपक्षी खेलाडी संग बल लिन ट्याकल गर्ने क्रममा स्यान्टियागोलाई उक्त चोट लागेको थियो र उक्त चोट निकै भयानक रहेको थियो। उनको खुट्टा उक्त चोट निकै डरलाग्दो थियो र उक्त चोट देखेर विपक्षी खेलाडीहरु पनि भयभीत भएको देख्न देख्न सकिन्थ्यो।

उनको चोट पछि विपक्षी खेलाडी माचिसलाई रेफरीले रातो कार्ड दिएका थिए तर भीएआरले सो घटनामा उनको केहि गल्ती नरहेको देखाए पछि उक्त निर्णय रद्द गरिएको थियो।

यसै बीच, स्यान्टियागोले चोटको साथ टर्फमा छ मिनेट बिताए र उनलाई उनको टीम मेटहरुले सान्त्वना दिँदै थिए र उनलाई पछि अस्पताल लगियो र उनको उपचार भएको थियो।