खेलको क्रममा कोचले विपक्षी टिमका खेलाडीलाई ट्याकल गरे पछि

इटालियन सिरी सीको खेलमा आफ्नो टिम बिरुद्ध ‘काउन्टर अट्याक’ रोक्न कोचले विपक्षी टिमका खेलाडीलाई ट्याकल गरे पछि रेड कार्ड पाएका छन्।

क्यालसियो कटानिया र भिबोनेसे बीचको खेलमा ९१औं मिनेटमा भिबोनेसेका खेलाडीले क्यालसियोका खेलाडीको खुट्टाबाट बल खोसे र भिबोनेसे ‘काउन्टर अट्याक’को क्रममा रहेको बेला क्यालसियो कटानियाका कोच ज्युसेप राफेलले विपक्षी टिमका खेलाडीलाई ट्याकल गर्दै बल खोसे।

उनको त्यो अनौंठो कार्य पछि रेफरीले उनलाई सिधै रातो कार्ड दिए भने अब उनि ४ खेलको लागि प्रतिबन्धित भएका छन्।

खेलको क्रममा खेलमा हस्तक्षेप गरेको भनेर उनलाई लेगा प्रोले ४ खेलको लागि प्रतिबन्ध गरेको छ। हाल सो भिडियो सामाजिक संजालमा भाइरल हुदै गएको छ। सो खेल भने कटानियाले २-१ले जितेको थियो।