खेलको क्रममा अजेक्सका खेलाडी एक्कासि मैदानमा ढलेपछि

पुर्व म्यान्चेस्टर युनाइटेड खेलाडी डाले ब्लिन्ड एक बर्षमा दोस्रो पटक पिचमा एक्कासि ढलेका छन् मंगलबार साँझ अजेक्सको लागि मैत्रीपूर्ण खेल खेल्ने क्रममा उनि मैदानमा ढलेका थिए र उनि पीडामा देखिन्थ्यो।

डच पक्षले हेर्टा बर्लिनबिरुद्ध खेल्दै थियो र खेलको क्रममा उनि मैदानमा ढले पछि उनलाई चिकित्सा उपचार आवश्यक परेको थियो। अजेक्सको डिसेम्बरमा भ्यालेन्सियाबिरुद्धको खेलमा ब्लिन्डलाई चक्कर आएको गुनासो रहेको थियो र पछि उनलाई मुटुको मांसपेशीको सूजन हुने रोग लागेको कुरा खुलेको थियो ।

हाल उनि फेरी पनि खेलको क्रम एक्कासि मैदानमा ढलेका छन् जसले फ्यानहरुलाई चिन्तित बनाएको थियो। उहाँले त्यो खेल छोड्न परेको थियो र प्रबन्धक एरिक टेन हागले बताए कि उनको कार्डियोभर्टर डिफिब्रिलेटर (S-ICD) बन्द भएको थियो जस्को कारण उनि खेलमा एक्कासि लड्न पुगे ।

धेरै फ्यानहरुले उनको स्वास्थ्यबारे चिन्ता देखाएका छन् भने उनलाई खेल्न छोड्न आग्रह गर्दै गरेका छन्।