खुमलटारको उत्कृष्ट पुनरागमन जित

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित यु-१६ युथ लिग अन्तर्गत एफ सी खुमलटारले ३-१ को रोमान्चक जित हासिल गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा २ बजे सुरु भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा रोकेको थियो ।

दोस्रो हाफमा फ्रेन्ड्स क्लबले गोल गर्दै १-० को अग्रता बनाएको थियो ।

केही समयमै खुमलटारका कप्तान एलिक श्रेष्ठले ब्यक्तिगत दुई गोल र सागर तामाङले एक गोल गर्दै आफ्नो टोलिलाई ३-१ को पुनरागमन जित दिलाउन सफल भयो ।

३ खेल खेल्दा खुमलटारले ६ अंक जोड्न सफल भएको छ भने फ्रेन्ड्स क्लबले ३ अंक जोडेको छ ।