खाली पोस्टमा रहीम स्ट्रर्लिङ्गको ‘त्यो’ मिस।

लियोन बिरुद्धको हार पछि म्यानचेस्टर सिटी च्याम्पियन्स लीगबाट नकआउट भएको थियो।

खेल ३-१मा अन्त्य हुँदा सिटीको युरोप यात्राको अन्त्य भएको हो तर सिटीले उक्त खेल २-१मा हुँदा खेल बराबरी गर्ने मौका पाएको थियो जब सिटीका रहीम स्ट्रर्लिङ्ग गोल पोस्ट अगाडी बल पाए जुन समय गोलकिपर पनि अगाडी थिएनन् र पोस्ट खाली थियो तर उनले प्राप्त गरेको पासलाई उनले गोलमा कन्भर्ट गर्न सकेनन् र सो मिसको भिडियो हाल सामाजिक संजालमा भाइरल भएको छ।

खाली पोस्ट उनले गरेको मिसको धेरै मिम र ट्रोलहरु बनेका छन्। सो मिस पछि सिटीका धेरै फ्यान उनि संग क्रोधित भए भने अरु क्लबका फ्यानहरु उनको मिसमा मिम र ट्रोलहरु बनाउनेमा व्यस्त छन्।

अब लियोनले फाइनल प्रवेशका लागि बार्यन म्युनिख प्रतिस्पर्धी पाएको छ। गर्नेछ। बार्यनले हिजोको खेलमा बार्सिलोनालाई ८–२ ले हराउँदै सेमिफाइनलको पुगेको थियो। अर्काेतर्फ फ्रान्सेली क्लब पीएसजी र जर्मन क्लब लाइप्जिग फाइलनका लागि प्रतिस्पर्धा गर्दैछन्।