खाली पोस्टमा म्यान्चेस्टर युनाइटेडका युवा खेलाडीको येस्तो मिस

म्यानचेस्टर युनाइटेडका युवा ताहिथ चोङ्गले युरोपा लिगको खेलमा खुला गोलको अवसर गुमाए र अस्टाना एफसीले सो मिसको ३८ सेकेन्ड पछि खेल बराबरी गर्न सफल भयो ।

दुई खेल बाकी हुँदा पनि समूहबाट क्वालिफिकेसन निश्चित भइसके ओले गुन्नार सोल्स्कजायरले काजाकिस्तानमा अत्यन्त युवा टोली लिएर गएका थिए।

२० भन्दा माथिका केहि खेलाडीहरूमध्ये एक, जेसी लिंगार्डले पहिलो हाफमा युनाइटेडलाई अग्रता दिलाए र १९ वर्षको भए पनि अनुभवी खेलाडीमध्ये एक चोङ्गले खुला गोल मिस गर्न पुगे, जसको १ मिनेट भन्दा कम समय पछि अस्टानाले गोल गर्दै खेल बराबरीमा लेउन सफल भयो।

युनाइटेडले युरोपाको दोस्रो चरणमा छनोट भैसकेको कारण युवा टोली प्रयोग गर्ने निर्णय लियो तर सो खेल युनाइटेडले जित्न असफल भयो ,अस्टाना एफसी बिरुद्ध खेल युनाइटेडले २-१ले हार्न पुगे ।