च्याम्पियन्स लिगको खेलमा म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले निकै आश्चर्यजनक मिस गरेका थिए। सिटी र पोर्टो बिरुद्धको खेल ०-०मा अन्त्य बह्येको थियो र सिटीका डिफेन्डर रुबेन डियास गोल गर्न धेरै नजिक थिए तर उनले खाली पोस्टमा गोल लाइनबाटै मिस गरे।
Ruben Dias was bored in city defence, so he decided to defend with porto
pic.twitter.com/OMKinJQXCC— Karim B (@KB4000) December 1, 2020
सिटीका सबैभन्दा महँगो खेलाडीलले गोल-लाइनबाटै बललाई भित्र लग्न असफल भए। फर्नान्डिन्होको शानदार क्रसमा रहीम स्टर्लिंगको फ्लिक पछि बल गोल लाइन नजिक पुगेको थियो जसलाई गोल तिरको दिशा दिन रुबेन असफल भए।
HOW HAS HE MISSED?! 😱
Ruben Dias has somehow ended up sending the ball BACKWARDS from here! 😨#UCL pic.twitter.com/5v9bLolNKh
— Goal (@goal) December 1, 2020
६८औं मिनेटमा पाएको उत्कृष्ट मौकाको फाइदा लिन नसक्दा सिटीले खेल जित्ने मौका खेर फ्याके र खेल ०-०को बराबरीमा अन्त्य भएको थियो । हाल सिटी च्याम्पियन्स लिगको ग्रुप सीको शीर्ष स्थानमा रहेको छ।