खाली पोस्टमा मोराताको यस्तो मिस

सिरी एको खेलमा एटलान्टा र युभेन्टस बीचको खेल १–१ गोलको बराबरी अन्त्य भएको थियो। हाल सो खेलमा मोराताको मिसको भिडियो भाइरल भएको छ।

खेलको ११औ मिनेटमा मोराताले बल अगाडी बढाए र रोनाल्डोलाई पास दिए उक्त बललाई रोनाल्डोले नियन्त्रणमा लिन सकेका थिएनन् र बल फेरी मोराताले पाए र किपर आफ्नो ठाउँनबता बाहिर रहेको समय गोल गर्ने मोरातालाई निकै राम्रो मौका थियो तर उनले मिस गरे।

१-१को बाराबारमा अन्त्य भएको खेलमा रोनाल्डो पेनाल्टी गोलमा पनि चुकेका थिए। फेडरिको चियासाले साविक विजेता युभेलाई सुरुवाती अग्रता दिलाएका थिए । युभे लागि उनले पहिलो लिग गोल गरेका हुन् ।

रिमो फ्रियुरले तालिकाको मध्य भागमा रहेको एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए ।

सिरि ए फुटबलका पछिल्ला नौं लिग उपाधि जितेको युभेन्ट्स लिगका १२ खेलमा अपराजित छ । युभेन्टस तालिकाको तेस्रो स्थानमा रहेको छ । र शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले पछि छ ।