खालि पोस्टमा पनि बायर्न म्युनिखका खेलाडी गोल गर्न असफल भए पछि

बायर्न म्युनिख र आयाक्स बिच भएको मैत्रीपूर्ण प्रि-सिजन खेलको हाल एक भिडियो धेरै भाइरल हुँदै गएको छ। बायर्नका युवा खेलाडी जोशुआ ज़िर्क्जी खालि पोस्टमा गोल गर्न असफल भए पछि हाल सो भिडियो निकै भाइरल हुँदै गएको छ।

खेलको ४३औँ मिनेटमा बायर्नका २० वर्षका युवा खेलाडी जोशुआ ज़िर्क्जीले निकै राम्रो अवसर पाए। आयाक्सका डिफेन्डरको गल्तीको कारण जोशुआ गोलकिपर सँग ‘१ भी १’को अवस्थामा पुगे र उनले सजिलो सँग गोलकिपरलाई पछि पारे र खाली पोस्टमा गोल गर्न उनले आरामदायक रुपमा बल पोस्ट भित्र लग्न खोजे तर पछाडिबाट उनलाई डिफेन्डरले ट्याकल गरे।

खालि पोस्टमा गोल गर्दै खेललाई २-१ बनाउन राम्रो मौका हुँदा जोशुआ छिटो गोल नगरी बिस्तारे बल लग्न खोजे जसको कारण डिफेन्डरले उनलाई ट्याकल गर्न मौका पाए र गोल हुनबाट बचाए।

हाल उक्त समयको भिडियो निकै भाइरल हुँदै गरेको छ भने सिधै गोल नगरी ‘स्टाइल’ देखाउन खोजेको भनेर जोशुआको आलोचना हुँदै गरेको छ। उक्त खेल भने २-२को बराबरीमा अन्त्य भएको थियो।