खराव प्रदान संगै नेपाल मलेसिया बिरुद्ध पराजित

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली मलेसियासंग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल मलेसियासंग २-० ले पराजित भएको हो ।

मलेसियालाई जित दिलाउन सफावी रसीद र साहरुल शानले एक एक गोल गरे ।

खेलको ४९ औं मिनेटमा मलेसियाका सफावी रसीदले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । अनन्त तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टी पाएको हो ।

त्यसपछि खेलको ८२ औं मिनेटमा साहरुल शानले गोल गर्दै मलेसियालाई २-० को जित दिलाए ।