क्वाटरफाइनलको लागि रियलको टिम सार्वजनिक

एजेन्सी, रियल म्याड्रिडले लिभरपुलबिरुद्धको खेलका लागि आफ्नो टिम सार्वजनिक गरेको छ।

रियलका प्रशिक्षक जिदानले हजार्ड टिममा फर्किने आश गरे पनि उन्लाइ टिममा भने सामेल गरेको छैन।

जिदानले उन्को दीर्घकालीन चोटलाई मध्यनजर गर्दै उन्लाइ टिममा नराखेको जनाए।

फेदे भल्भर्दे भने टिममा सामेल भएको छ। युरुगुआइनले सेल्टा भिगोविरुद्ध चोट बोके पनि समयमा फर्केका हुन।

रियल म्याड्रिडले मगंलबार राती लिभरपुललाई आफ्नो घरेलु मैदान सेन्टियागो बर्नाबेउमा स्वागत गर्ने छ।