क्लोप र खेल संवाददाता बीच अनौंठो रुपमा ८ मिनेट सम्म बहस

शनिबार ब्राइटन संगको खेल १-१को बराबरी अन्त्य भए पछि लिभरपूलका म्यानेजर क्लोप बीटी स्पोर्टका रिपोर्टर डेस केलीसँग चर्को बहस गर्न पुगे।

क्लोप आफ्नो टिमको खराब प्रदर्शनको दोष खेल तालिकामा दिदै आएका छन् र खेल प्रसारकलाई पनि उनले दोष दिदै आएका छन् र शनिबार ब्राइटन संगको खेल १-१मा अन्त्य भए पछि सोहि विषयमा क्लोप र बीटी स्पोर्टका रिपोर्टर बीच ८ मिनेट सम्म बहस भएको थियो।

सो खेलमा सलाहको गोल भीएआरले रद्द गरेको थियो र सो खेलमा पनि भीएआर विवादास्पद हुन पुग्यो खेल पछि क्लोप पकै पनि खुसी थिएनन् र पोस्ट म्याचको अन्तर्वार्तामा उनले कुरा स्पष्ट गरे।

लिभरपूलका म्यानेजर क्लोप बीटी स्पोर्टका रिपोर्टर डेस केलीसँग चर्को बहस गर्न पुगे। क्लोपले बीटी स्पोर्टलाई लिभरपूलको खेल १२:०० बजे गराएको भन्दै गुनासो गर्दै बसे भने रिपोर्टर डेस केलीले भने सो तालिकामा प्रिमियर लिगको निर्णय पनि हुने गरेको भनेर बहस गरे।