टोटेनह्याम प्रबन्धक जोसे मोरिन्होले लिभरपूलका प्रबन्धकलाई आफ्नो साथी नमान्ने बताए।
मोरनिन्होले आउँदो लिगको खेलमा लिभरपूल र क्लोपको सामना गर्ने छन् र खेलमा जित हासिल गर्नु मोरनिन्होले उद्देश्य रहेको छ।
🗣”I’m not a friend of Jurgen as I never had time with Jurgen”
Jose Mourinho describes his relationship with Jurgen Klopp after their disagreement on the touchline in the reverse fixture earlier this season pic.twitter.com/6Nn4Nju8F9
— Football Daily (@footballdaily) January 27, 2021
टोटेनह्यामका कोचले आफु क्लोपको प्रशंसक रहे पनि आफुहरु साथी नरहेको उनले बताए।
उनले पत्रकारहरुलाई भने: “म क्लोपको साथी होइन किनकि उनि संग मेरो धेरै समय बिताएको छैन।
“नुनो [एस्पिरिटो सान्तो], उहाँ मेरो खेलाडी हुनुहुन्थ्यो। ब्रेन्डन [रोडजर्स] क्लबमा म संग दुई वर्ष सँगै काम गरे।
Jürgen Klopp is not my friend – Jose Mourinho https://t.co/BlBkrv6vEG
— Oma Akatugba (@omaakatugba) January 28, 2021
“त्यसकारण जब अरु संग तपाईको कुनै चीज समान हुन्छ, जब तपाईले व्यक्तिलाई राम्ररी चिन्नुहुन्छ, तपाई भन्न सक्नुहुनेछ ‘म उसलाई मन पराउछु, ऊ मेरो साथी हो’ वा ‘मलाई ऊ मन पर्दैन, ऊ मेरो साथी होइन।’
“क्लोपसंगको भेट खेल अगाडी पाँच मिनेट र खेल पछि पाँच मिनेट।
“म क्लोपको ’boutमा के भन्न सक्छु?
“उनी लिगको एक सहकर्मी हुन् र म उनलाई सम्मान गर्दछु, र उनी संग मलाई कुनै समस्या छैन। उनी म समान हुन् र कुनै समस्या छैन।”