१३ वर्ष अघि यर्गेन क्लोपलाई कोच नबनाउने निर्णयको पछुतो रहेको बायर्न म्यूनिखका प्रमुख कार्ल-हेन्ज रुमेनिगले स्वीकार गरेका छन्। २००८मा बायर्न नयाँ कोचको खोजीमा हुँदा क्लोपले बायर्न सँग वार्ता गरे पनि अन्त्यमा बायर्नले यर्गेन क्लिन्स्मान्लाई नियुक्त गरेको थियो।
Bayern Munich chief lifts lid on Jurgen Klopp regrets after “swift decision” to reject boss https://t.co/PiV8bEBQU8 pic.twitter.com/QHR03rOTeY
— Mirror Football (@MirrorFootball) February 21, 2021
सो निर्णयबारे पछुतो रहेको बायर्न म्यूनिखका प्रमुख कार्ल-हेन्ज रुमेनिगले स्वीकार गरे भने सो बारे उनले थप बोलेका छन्।
“हामी त्यस बेला क्लोपसँग वार्तामा थियौँ। हामीले छिटो निर्णय गर्नुपर्यो र त्यसपछि हामीले क्लिन्स्मान्लाई नियुक्त गर्ने निर्णय लियौँ,” बायर्न म्यूनिखका प्रमुख कार्ल-हेन्ज रुमेनिगले जेडीएफ स्पोर्टलाई भने।
उनले सो निर्णयमा पछुतो रहेको स्वीकार गरे र उनले थपे: “यर्गेन क्लिन्स्मान्लाई प्रशिक्षकको रूपमा ल्याउन म आंशिक रूपमा जिम्मेवार थिएँ। दुर्भाग्यवश, त्यो निर्णयले काम गरेन।
“त्यो एफसी बायर्नको कारणले पनि भएको थियो, तर यसले काम गरेन। म धेरै दु: खी छु। यो दुवै पक्षका लागि राम्रो निर्णय थिएन।”