“क्लब संग म नयाँ सम्झौताको लागि माग गर्दिन”

रियाल म्याड्रिडका कोच जिदानले भने कि उनको दिमागमा नयाँ सम्झौताको कुरा छैन।

सिजनको सुरुमा रियलको केहि खराब प्रदर्शन रहे पनि हाल रियलको खेल राम्रो रहेको छ र रियल लिगको तेस्रो स्थानमा रहेको छ।

“हाल मेरो दिमागमा केही पनि छैन, २०२२ सम्म क्लबसँग मेरो सम्झौता छ र म केही मग्न चाहन्न,” उनले प्रेसलाई भने।

“म भाग्यशाली छु कि म विश्वको सर्वश्रेष्ठ क्लबमा छु। आशा छ कि खेलाडीहरू क्लबमा रहने छन्।”

उनलाई क्लब कप्तान सर्जियो रामोसको भविष्यको बारे प्रस्न गर्दा उनले भने “उनको अवस्था राम्रो रहेको देख्छु, उहाँ यो क्लबको लागि खेल्न जारी हुने भन्नेमा म विश्वस्त छु र यो नै सब भन्दा महत्त्वपूर्ण कुरा हो। म उनलाई धेरै बर्ष देखि फुटबल खेलेको देखेको छु र उनि आफ्नो ख्याल राख्ने व्यक्ति हुन्।”