क्लब वोर्ल्ड कपको फाइनलमा लिभरपुल

लिभरपुल फिफा क्लब वोर्ल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहामा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खालिफा अन्तर्राष्ट्रिय मैदानमा खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई खेलमा फर्काएका थिए ।

तर, खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ ।