क्लब लेजेन्ड जाभीको नेतृत्वमा बार्सिलोनाको बिजयी सुरुवात

ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे ।

उनले खेलको ४८ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् ।

यस जितसँगै मुख्य प्रशिक्षक जाभीले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुआत गरेका छन् ।

बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका जाभी गत महिना मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

स्पानियोलविरुद्धको जितसँगै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले १३ खेलमा २० अंक जोडेको छ ।

स्पानियोल १७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।