क्लब लेजेण्डलाई रियल म्याड्रिडको नयाँ कोच बनाउन आग्रह 

क्लबबाट जिदानको प्रस्थान पछि रियाल म्याड्रिडमा हाल कोचको ठाउँ खाली रहेको छ। रियलको नयाँ कोच को हुने बारे हाल नखुलेको बेला क्लबमा धेरै सदस्य र पूर्व स्टारहरूले क्लबका लेजेण्ड राउल गोन्जालेजलाई कोच बनाउन आग्रह गर्दै छन्।

रियलको नयाँ कोच बन्ने भनेर धेरै स्टार कोचहरूको नाम रियल सँग जोडिएको छ, तर धेरैले सो अवसर राउललाई दिन आग्रह गरेका छन् र उनले जिदानको पाइला पछ्याउन सक्ने छन्।

जिदानले जस्तै राउलले पनि रियल म्याड्रिड कास्टिलाको नेतृत्व लिएका छन् भने उनी रियलको यु-१९ टिमका केर टेकर पनि बनिसकेका छन् र रियलका पूर्व स्टार फर्नांडो मोरिएन्ट्सले पनि राउललाई रियलको नयाँ कोच बनाउन पर्ने आग्रह गरे।

“राउल अरू कुनै रियल लेजेण्ड भन्दा बढी तयार छन्,” फर्नांडो मोरिएन्ट्सले बताए

“उहाँ उपलब्ध रहेको सबैभन्दा भरपर्दो विकल्प मध्ये एक हुन्।

“उनको काम गर्ने तरीका नवीन छ। स्यान्टियागो सोलारीको धेरै व्यक्तित्व थियो, तर राउलको सो भन्दा त्यो दोब्बर छ। उनी एक खेलाडीका रूपमा विजेता थिए, र उनी प्रशिक्षकको रूपमा पनि हुने छन्।”

अर्का रियल लेजेण्ड मिजाटोभिकले पनि राउललाई नयाँ कोच बनाउन आग्रह गरे।