क्लब लेजेण्डको भिडियो सन्देश देखे पछि कोमाबाट उठे फ्यान

क्लब लेजेण्ड फ्रान्सेस्को टोटीबाट एक भिडियो सन्देश प्राप्त गरे पछि एक रोमा फ्यान कोमाबाट ब्यूँझेकी छिन्। १९ वर्षीया इलेनिया माटिल्ली कार दुर्घटनामा परेकी थिई, सो दुर्घटनामा उनकी साथीको मृत्यु भयो तर माटिल्ली भने कोमामा पुगेकी थिईन।

टाउकोमा गम्भीर चोटपछि उनि नौ महिनासम्म कोमामा थिईन। उनकी आमाबुबा नियमित रूपमा अस्पतालमा उनको लागि रोमाको गान बजाउँथे तर चमत्कारी ढंगमा, उनको आइडल फ्रान्सेस्को टोटीले उनलाई पठाएको सन्देश देखे पछि उनि कोमाबाट उठेकी छिन्।

फ्रान्सेस्को टोटी ‘इल क्यापिटानो’, जसले रोमाको साथ आफ्नो सम्पूर्ण क्यारियर बिताए, उनले ती फ्यानलाई भिडियो सन्देशमा भने: “इलेनिया हार मान्दैन, तिमीले यो गर्न सक्छौ , हामी सबै तिम्रो साथमा छौं”।

इलेनिया कोमाबाट उठेपछि उनकी आमा बुबा धेरै खुशी भए, र टोटीलाई धन्यवाद पनि भने। ला रिपब्लिकाका अनुसार उनीहरूले भने: “तपाईंको आवाज, जोश संग, इलेनियाले रोमालाई सधैँ माया गरेकी छे, यो क्लबको मायाले उनलाई फर्किन पनि मद्दत गरेको छ।उसको आँखा प्रकाश र आनन्दले भरिएको छ “।

इलेनिया निको हुने शुरुको चरणमा छिन् अझै रिकभरीको लागि लामो मार्ग हुनेछ र रोमा फ्यानले पक्कै पनि हार मान्न छैनन्।

इलेनियाका परिवार टोटीलाई धन्यवाद दिन व्यक्तिगत रूप मा भेट्न चाहन्छन् “हामी तपाईलाई भेट्ने आशा गर्दै छौं, इलेनिया तपाईको प्रतिक्षामा छिन्”, उनका आमाबुवाले थपे।।