क्लब छोड्न प्रयास गर्दै ह्यारी केन

प्रिमियर लिग क्लब टोटेनह्याम हटस्परका स्टार स्ट्राइकर ह्यारी केन क्लब छोड्न इच्छुक रहेका छन्। २८ वर्षका इङलिस स्ट्राइकर ह्यारी केनको निकै राम्रो प्रदर्शन रहे पनि उनी क्लब सँग उपाधिहरू जित्न असफल रहेका छन् र हाल खबर अनुसार उनी क्लब छोड्न इच्छुक रहेका छन्।

रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सी उनलाई भित्र्याउन इच्छुक छन् र स्पर्स उनलाई बेच्न अनिच्छुक रहे पनि हाल ह्यारी केनले क्लब छोड्न प्रयास गर्ने देखा परेको छ।

टोटनह्याम सँग उनी हाल प्रशिक्षणमा फर्किएका छैनन् र आफूलाई बेच्न उनले क्लबलाई दबाब दिन सो गरेको खबर छ। यस ट्रान्सफर विन्डोमा उनलाई साइन गर्न अन्य प्रिमियर लिग क्लबहरू इच्छुक रहे पनि टोटेनह्यामले प्रस्तावहरू अस्वीकार गर्ने घोषणा गरे पछि केन क्लबबाट खुसी छैनन् र उनी क्लबलाई दबाब दिन चाहन्छन्।

हाल उनको लागि म्यान सिटी प्रस्ताव गर्न सक्ने खबर रहेको छ भने चेल्सी पनि सो दौडमा हुने छ। २८ वर्षका इङलिस स्ट्राइकर ह्यारी केन २०२४ सम्मका लागि टोटेन्ह्याममा अनुबन्धित छन्। उनले टोटेन्ह्यामका लागि ३३६ खेलमा २२१ गोल गरी सकेका छन्।