“क्लब छोड्न प्रयास गरे तर रियल म्याड्रिडले अन्तिम समयमा सबै रोकिदिए”

ग्यारेथ बेलले भने कि उनी पहिलो टीम फुटबलको लागि व्याकुल छन्, जहाँ भए पनि, तर रियल म्याड्रिडले कुनै सम्भावित प्रस्थानलाई ‘गाह्रो’ बनाएको छ।

रियलका स्टार खेलाडी बेल हाल खेल समयको लागि संघर्ष गर्दै छन्। धेरै जस्तो समय उनि रियलको बेञ्चमा बस्ने गर्छन भने जिदानले उनलाई आफ्नो योजनामा राख्न चासो नदिएको देखिन्छ।

उनले रियल छोड्ने प्रयास गरेका पनि थिए तर चिनियां क्लबमा जान धेरै नजिक हुँदा रियलले उक्त स्थानान्तरण अवरुद्घ गर्यो।

सो बारे स्काईपोर्ट्स संग बेलले कुरा गर्दै भने । “मैले गत बर्ष क्लब छोड्ने प्रयास गरे तर उनीहरूले [रियल म्याड्रिड] अन्तिम समयमा सबै रोकिदिए,”

“यो प्रोजेक्ट थियो जसमा म गत वर्ष जान उत्साहित थिएँ तर यो सफल भएन। र त्यहाँ अन्य उदाहरणहरू छन् तर क्लबले केहि अनुमति दिदैन, त्यसैले यो सब क्लबमा निर्भर छ।”

प्रिमियर लिगमा फिर्ती हुन पनि उनि तयार छन्- चार पटकका च्याम्पियन्स लिग विजेताले पछिलो २ सिजनमा ला लिगा मात्र ३३ खेल खेलेका छन्, । आफ्नो वर्तमान क्लबले उनलाई क्लब छोड्न गाह्रो बनाएको छ भनेर स्वीकार गर्दै आफु प्रिमियर लिगमा फर्किन पर्नी तयार रहेको उनले बताए।

“म फुटबल खेल्न चाहन्छु। म अझै पनि फुटबल खेल्न प्रेरित छु। म ३१ बर्षका पुगेको छु तर म अझै राम्रो शेपमा छु र मलाई लाग्छ मैले दिन धेरै पाएको छु,” उनले थपे। “हामी के हुन्छ हेर्नेछौं। यो क्लबको हातमा हो र क्लब(रियल)ले कुराहरू गाह्रो बनाएको छ।”