फ्रेन्च क्लब पिएसजीका स्टार खेलाडी एम्बाप्पे आफ्नो सम्झौता विस्तार नगर्ने भए पछि पिएसजीले उनलाई यही ट्रान्सफर विन्डो बेच्ने योजना बनाएको छ तर एम्बाप्पे क्लब छोड्न पिएसजी सँग अर्को वर्षको बोनस पनि अहिले दिन माग गर्ने जानकारी छ।
🚨💣 PSG are supposed to pay Kylian Mbappé €150M during the 2023/24 situation, and he doesn’t want to lose that money. That’s why he repeats that he wants to stay at PSG. @Carpio_Marca #rmalive pic.twitter.com/Xyv3S9WWGt
— Madrid Zone (@theMadridZone) June 23, 2023
एम्बाप्पे र पिएसजी बिचको सम्झौतामा ‘वफादारी बोनस’को सहमति रहेको जानकारी छ जस अन्तर्गत हरेक वर्ष पिएसजीले उनलाई क्लब नछोडेको कारण बोनस दिनु पर्ने हुने छ र रिपोर्ट अनुसार यस समर ट्रान्सफर विन्डोमा क्लब छोड्न एम्बाप्पेले अर्को वर्षको बोनस अहिले नै तिर्न पिएसजी सामु माग राखेको छ।
रिपोर्ट अनुसार उक्त बोनस €१५० मिलियन सम्म रहेको छ र अहिले क्लब छोडेर अर्को वर्ष पाउन सक्ने उक्त बोनस गुमाउन एम्बाप्पे गुमाउन चाहँदैनन्।
रिपोर्ट अनुसार २०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै पिएसजी यसै ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य भएको बेला एम्बाप्पेले पिएसजी यो सिजन क्लब नछोड्ने भन्दै आए पछि पिएसजी निकै जटिल अवस्थामा रहेको छ।
🚨💣 JUST IN: Kylian Mbappé will only accept to leave PSG this summer if he receives the loyalty bonus PSG owe him for next year. @Carpio_Marca pic.twitter.com/AbushMGZeZ
— Madrid Zone (@theMadridZone) June 23, 2023
एम्बाप्पे र पिएसजी बिचको सम्झौतामा एक वर्ष विस्तार गर्न मिल्ने क्लज रहेको छ तर एम्बाप्पेले अचानक एक पत्र लेख्दै सो सम्झौतामा विस्तार नगर्ने जानकारी दिए पछि पिएसजी एम्बाप्पे सँग आक्रोशित भएको छ र उनलाई यही ट्रान्सफर विन्डो बेच्ने पिएसजीको योजना छ।
एम्बाप्पे भने यस सिजन पिएसजीमै खेल्ने बताउँदै आएका छन् जसले पिएसजीलाई निकै गाह्रो अवस्थामा लगेको छ र सो कारण एम्बाप्पेलाई कि सम्झौता विस्तार गर्न कि यही ट्रान्सफर विन्डो क्लब छोड्न पिएसजीले दबाब दिँदै आएको बेला एम्बाप्पेले उक्त बोनसको माग गर्ने हाल रिपोर्ट छ ।