रियल म्याड्रिडका स्टार फोवार्डले क्लब छोड्न चाहेको खबर छ। खबर अनुसार रियलका स्टार लुका जोभिक क्लब छोड्न चाहान्छन् र एन्ट्राष्ट फ्रान्कफर्टमा लोनमा फिर्ता जान चाहान्छन्।
Luka Jovic ‘wants to end 14-month Real Madrid nightmare and return to Frankfurt’ https://t.co/fVITEuWUCV
— MailOnline Sport (@MailSport) September 22, 2020
स्टार स्ट्राइकर क्लबमा आफ्नो सीमित संलग्नताको साथ खुसी छैनन् र अर्को सीजन पनि सो स्थिति स्वीकार नगर्ने जोभिकको योजना रहेको कुरा छ। सर्बियाली स्ट्राइकरले क्लब छोड्ने आफ्नो नियत बारे क्लबलाई यो हप्ता बताएको कुरा छ। मात्र १४ महिना अघि क्लबमा सामेल भएका जोभिक जिदानसँग निराश छन् र महसुस गर्छन् कि उनलाई आफ्नो राम्रो फोर्म पुग्न पर्याप्त मिनेट चाहिन्छ।
Luka Jovic is close to leaving Real Madrid on loan to Eintracht Frankfurt. Real Madrid had other offers on the table for the Serbian but the player prefers a move to Bundesliga. The German club is hopeful of completing the loan move as soon as possible. [@libertaddigital] pic.twitter.com/umcg214NEC
— Infinite Madrid (@InfiniteMadrid) September 22, 2020
क्लब, जिदान, र खेलाडी उनको प्रस्थान को सम्भावना को लागी खुला छन्। २०१९ को जुलाईमा €६० मिलियनमा रियल आएका, जोभिक हाल रियलको बेन्चमा बस्न बाध्य छन्।
‘I don’t have anything against any player’
Zinedine Zidane defends decision to bench Luka Jovic in Real Sociedad drawhttps://t.co/H94EwQJ8tE
— MailOnline Sport (@MailSport) September 21, 2020
खबर अनुसार उनि नियमित खेल समयको खोजीमा छन् जुन उनले रियलमा पाउन सकेका छैनन् र उनि आफ्नो पुर्व क्लब फ्रान्कफर्टमा लोनमा फर्किन पनि तयार रहेको कुरा छ। रियल सोसिएदाद बिरुद्धको खेलमा पनि जोभिक बेन्चमा थिए भने जिदानले जोभिक संग आफ्नो केहि समस्या नरहेको बताए।