क्लब छोड्नु अगाडीनै ग्रिज्मनको जर्सी जोआओ फेलिक्सलाइ

जोआओ फेलिक्सलाइ एटलेटिको म्याड्रिडले साइन गरेको छ र पुरचगीज़ वोंदर किदलाई एटलेटिकोले ग्रिज्मनको ७ नम्बरको जर्सी दिएको छ। ग्रिज्मन जसले एटलेटिकोको लागि २५७ खेलमा १३३ गोल गरेका छन्, उनि क्लब छोड्ने कुरा आउंदै गरेको छ तर आधिकारिक रूपमा उनले क्लब छाडेका छैनन् तेइ पनि उनले हालै उनले लगौदै आएको ७ नम्बरको जर्सी एटलेटिको म्याड्रिडले आफ्नो नयाँ खेलाडी जोआओ फेलिक्सलाइ दिएको छ।

एटलेटिकोको ७ नम्बरको जर्सी फेलिक्सलाइ दिएको सार्वजनिक गरे पछि ग्रिज्मनले क्लब छोड्ने कुरा लगभग पक्कपकी भएको छ धेरै फ्यानहरुले उनि बार्सिलोना आउन सक्ने भनेर उत्साहित भएका छन्, खबर याहा सम्म छ कि ग्रिज्मनलाइ बार्सिलोनाले £१०७ मिलियनमा किन्ने छ। जोआओ फेलिक्सलाइ एटलेटिको म्याड्रिडले €१२६ मिलियनमा साइन गरेको हो।