क्लब छाड्न युनाइटेडको खेलाडी तयार

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका इङलिस गोलकिपर डिन हेन्डर्सन क्लब छाड्न तयार देखिन्छन्। रिपोर्टका अनुसार उनी क्लब प्रती सम्मानजनक रहेता पनि उनको प्राथमिकता भने खेल समय नै रहेको छ।

२४ वर्षका इङलिस खेलाडी हेन्डर्सन हाल युनाइटेडको दोश्रो रोजाईको गोलकिपरको रुपमा देखिन्छन्। हाल युनाइटेडको प्रथम रोजाईको गोलकिपरको रुपमा भने स्पेनिश गोलकिपर डाविड डे हेया नै देखिन्छन्।