क्लब छाड्न आफ्नै टिम-मेटहरुबाट सुझाव

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका डच मिड्फिल्डर डनि भ्यान डे बिकलाई क्लब छाड्न उनकै युनाइटेडका टिम-मेटहरुले सुझाव दिएका छन्। रिपोर्टका अनुसार भ्यान डे बिकले क्लब छाड्न उनका एजेन्ट पनि परिवर्तन गरि सकेका छन्। 

उनी गत वर्ष नै डच क्लब आयाक्सबाट करिब ४० मिलियन पाउन्डमा युनाइटेडमा अनुबन्ध भएका थिए। रिपोर्टका अनुसार उनीले जनवरीको ट्रान्सफर विन्डोमा लोनमा क्लब छाड्न सक्ने सम्भावना प्रबल देखिएको छ।