क्लबमा स्टार डिफेन्डर भित्राउन टुचेल इच्छुक

चेल्सीका कोच थोमस टुचेल सेभिल्लाका स्टार डिफेन्डर जुलेस कौंडेलाई भित्राउन इच्छुक रहेको खबर छ। प्रिमियर लिग क्लबले गत ट्रान्सफर विन्डोमा पनि फ्रेन्च सेन्टर ब्याकलाई साइन गर्ने प्रयास गरेको थियो तर सेभिल्लाले उनको मूल्य घटाउन इन्कार गरेको थियो भने हाल फेरी पनि उनलाई साइन गर्न चेल्सीले प्रयास गर्ने जानकारी छ।

खबर अनुसार, चेल्सीले उनलाई साइन गर्ने योजनामा फेरी ध्यान दिने छ, या त यो जनवरी वा गर्मीको ट्रान्सफर विन्डो विन्डोमा।

एन्टोनियो रुडिगर चेल्सी छोड्ने क्रममा रहेका छन्। हाल सम्म उनले चेल्सी सँग सम्झौता विस्तार गरेका छैनन् र उनलाई फ्री एजेन्टमा गुमाउने सम्भावनामा रहेको चेल्सी उनको विकल्पको खोजीमा रहेको छ र जुलेस कौंडे चेल्सीको प्राथमिकता रहेको छ।

जुलेस कौंडेलाई साइन गर्न रियल लगायत अन्य युरोपियन क्लबहरू पनि इच्छुक रहेको चर्चा छ तर उनलाई साइन गर्न चेल्सी प्रतिस्पर्धा गर्न तयार हुने जानकारी छ।