क्लबमा रहन पोग्बले म्यान्चेस्टर युनाइटेड सामु यस्तो ठुलो तलबको माग गर्ने 

MANCHESTER, ENGLAND - MARCH 02: Paul Pogba of Manchester United reacts during the Premier League match between Manchester United and Southampton FC at Old Trafford on March 02, 2019 in Manchester, United Kingdom. (Photo by Shaun Botterill/Getty Images)

म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डर पल पोग्बाले क्लब छोड्न सक्ने हल्लाहरू हुँदै गर्दा क्लबमा रहन उनले युनाइटेड सामु ठुलो तलबको माग गर्ने खबर रहेको छ।

डेली स्टारका अनुसार पोग्बाले म्यानचेस्टर युनाइटेड सामु नयाँ सम्झौतामाको लागि प्रति हप्ता £५००,०००को तलब माग गर्ने छ।

पोग्बा २०१६मा युभेन्टसबाट म्यान्चेस्टर युनाइटेड आएका थिए। २८ वर्षका पोग्बाको हाल सम्झौता २०२२मा अन्त्य हुने छ र युनाइटेडले उनलाई त्यो समय भन्दा पछि सम्म राख्न इच्छुक रहेको जानकारी छ।

उनलाई साइन गर्न अन्य क्लबहरू पनि इच्छुक रहेको धेरै चर्चा छ। पिएसजी, युभेन्टस र रियल जस्तो क्लब उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।