बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले ग्रेनाडा विरुद्धको खेल अघि आफ्नो ‘बार्सा जागिर’को डर नभएको बताएका छन्।
हाल क्लब को लागी एक कठिन समय रहेको छ, लिगमा हाल बार्सा १०औँ स्थानमा रहेको छ र बार्साको खेलमा केही गिरावट आए पनि आफ्नो काम को बारे मा चिन्तित नरहेको कोम्यानले दाबी गरे।
Koeman knows that winning today is vital to his continuity but he assures that “I am not afraid for my future” [md]
— barcacentre (@barcacentre) September 19, 2021
“म मात्र आउँदो खेल र टिम को बारे मा सोच्दै छु,” उनले भने।
“बाँकी मेरो हात बाट बाहिर छ। म अहिले आराम छु र जीतको बारे मा विश्वस्त छु। हाम्रो केही खेलाडीहरूलाई चोटबाट फिर्ता हुने छन् र हामीसँग धेरै खेलाडी विकल्प हुने जुन आवश्यक छ, तर मलाई थाहा छ कि हामीले जित्नै पर्छ। खेलको परिणाम भनेको सबैभन्दा महत्त्वपूर्ण हो।
“म मेरो भविष्य को बारे मा चिन्तित छैन। यो क्लब र अध्यक्षले निर्णय लिनेछन्।
Barcelona manager Koeman: “Before Bayern, I had to answer whether I’m going to renew for one more year… and now the questions are about whether I’m afraid about my future. Remember there are changes in the team, injured and many young players”. 🔴 #FCB #Barça @ReshadRahman_
— Fabrizio Romano (@FabrizioRomano) September 19, 2021
चोटको कारण बार्सिलोनालाई लेफ्ट-ब्याक विकल्पमा केही गाह्रो हुन सक्ने प्रश्नबारे पनि उनले बोले।
“हामी सँग अलेजान्ड्रो बाल्डे छ, जसले गुणस्तरीय र ऊर्जा सँग राम्रो खेले,” उनले प्रशंसकहरूलाई आश्वासन दिए।
“हामीसँग [सर्जिनो] डेस्ट र [ओस्कर] मिङ्गगुअएज पनि छन्, तर म प्राकृतिक लेफ्ट ब्याक मन पराउँछु। बाल्डे युवा छन् र उनले सिक्नु पर्छ, तर म उनलाई खेलाउन डराउँदिन।”