क्लबमा खुसी नरहेको भन्दै अन्तर्वार्ता दिनु लुकाकुको लागि महँगो साबित हुँदै

चेल्सीले आफ्नो स्टार खेलाडी रोमेलु लुकाकुलाई आइतबार लिभरपुल विरुद्धको खेलमा समावेश नगर्ने खबर छ। गत ट्रान्सफर विन्डोमा €११५ मिलियनमा चेल्सी आएका लुकाकुले स्काई सपोर्ट इटालिया सँग कुरा गर्दै चेल्सीमा हाल आफ्नो स्थितिबाट खुसी नरहेको दाबी गरेका थिए भने उनले आफ्नो कोच टुचेलको खेल प्रणालीमा पनि प्रश्न गरेका थिए।

लुकाकुको उक्त अन्तर्वार्ताबाट चेल्सीका कोच टुचेल असन्तुष्ट रहेका थिए भने सो कुरा आफूलाई मन नपरेको र उक्त अन्तर्वार्ताले “आवश्यक नभएको हल्ला ल्याउने” टुचेलले दाबी गरेका थिए भने हाल खबर अनुसार उनले लुकाकुलाई आउँदो खेलमा समावेश गर्ने छैनन् ।

“शारीरिक रूपमा म ठिक छु, पहिले भन्दा पनि राम्रो। इटालीमा दुई वर्ष पछि, जसमा मैले प्रशिक्षक र पोषण विशेषज्ञहरूसँग इन्टरमा धेरै काम गरेँ, म शारीरिक रूपमा ठिक छु।

“तर म चेल्सीमा परिस्थितिबाट खुसी छैन, यो सामान्य हो। मलाई लाग्छ कि कोचले अर्को प्रणालीसँग खेल्न रोजेका छन्, मैले हार मान्नु हुँदैन र काम जारी राख्नु पर्छ र प्रोफेसनल बन्नु पर्छ।- लुकाकुले स्काई सपोर्ट इटालिया सँग कुरा गर्दै भनेका थिए।

 

उनको उक्त अन्तर्वार्ताको धेरै आलोचना भएको छ भने हाल सो अन्तर्वार्ता उनको लागि महँगो साबित हुँदै गरेको देखिन्छ।  इन्टरमा लुकाकुको निकै राम्रो फम थियो भने उनले ९४ खेलमा ६५ गोल गरेका थिए। हाल चेल्सीमा १३ खेल खेल्दा उनले ५ गोल गरेका छन्।