‘क्लबमा एम्बाप्पे र हालान्डको साझेदारी सिर्जना गर्न रियल धेरै उत्सुक’

पिएसजीका स्टार स्ट्राइकर एम्बाप्पे अर्को गर्मीको विन्डोमा रियल मैड्रिडको शीर्ष स्थानान्तरण लक्ष्य हुने छन्। तर लालिगा क्लब २०२२मा सम्म एर्लिन हालान्ड पनि साइन गर्न चाहन्छन्।

नर्वेका स्टारको यस सिजनमा सनसनीखेज प्रदर्शन रहेको छ, उनले हाल सम्म १७ गोल गरेका छन् र उनले २०२० गोल्डेन बोइको पुरस्कार पनि जिते। हालान्ड रियल जाने धेरै चर्चा रहेको छ र खबर अनुसार रियल हालान्ड र एम्बाप्पेको साझेदारी सिर्जना गर्न धेरै उत्सुक रहेका छन्।

तर रियलले यो एक समय फ्रेममा गर्ने खबर छ। खबर अनुसार रियलले सबैभन्दा पहिले पिएसजीका एम्बाप्पे र रेनेसका कामाभिन्गा साइन गर्ने छ। रियलले दुई युवा स्टारलाई अर्को सिजनमा साइन गर्ने कुरा छ। हालान्डलाई भने रियलले २०२२ सम्म क्लबमा भित्राउने योजना बनाएको छ। रियलको योजना क्लबमा एम्बाप्पे र हालान्डको साझेदारी सिर्जना गर्ने रहेको छ।

तर रियलको योजना पक्कै पनि सजिलो छैन दुवै स्टार खेलाडी साइन गर्न अन्य ठुलो क्लबहरु पनि इच्छुक रहेको छ र क्लबहरु बीच निकै ठुलो प्रतिस्पर्धा हुने कुरा स्पष्ट छ।