“क्लबको भलाइको लागी सचेत निर्णय लिएकोमा कहिल्यै पछुताउनु पर्दैन”

लुइस स्वारेजको क्लबबाट प्रस्थानबाट अझै पनि आफूलाई पछुतो नरहेको बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले बताएका छन्। गत वर्ष कोम्यानको नेतृत्वमा क्लबका स्टार लुइस स्वारेज क्लब छोड्न बाध्य भए एट्लेटिको म्याड्रिडले लिग जित्नुमा स्वारेजको ठुलो भूमिका रह्यो।

हाल उनलाई स्वारेजको प्रस्थानबाट प्रतिद्वन्द्वी टिमलाई फाइदा पुगेकोमा पछुतो रहेको वा नरहेको भनेर प्रश्न हुँदा उनले आफूलाई सो बारे कुनै पछुतो नरहेको उनले दाबी गरे।

“म बार्सिलोना आएँ, उनीहरूले मलाई हस्ताक्षर गरे, टोलीमा केही चीजहरू परिवर्तन गर्न र हामीले सोचे कि यो राम्रो र सकारात्मक हुनेछ यदि लुइसले क्लब छोडे।- कोम्यानले बताए।

“हामीले सोचेका थियौँ कि उनी युभेन्टस जानेछन्, एट्लेटिको होइन, तर तपाईँले टोली र क्लबको भलाइको लागी सचेत निर्णय लिएकोमा कहिल्यै पछुताउनु पर्दैन।”

कोम्यानले इमर्सन रोयललको बिक्रीको बारे कुरा पनि गरे।

“म क्लब लाई मद्दत गर्न चाहन्छु भनेर इमर्सन सँग गरेको निर्णय पनि एउटा उदाहरण । मैले क्लबलाई भने कि यदि क्लबमा राजस्व बढाउनु महत्त्वपूर्ण छ, इमर्सन बेच्नु राम्रो निर्णय हुनेछ किनकि हामीसँग डेस्ट, मिंगुएजा र सर्जी रोबर्टो पनि त्यो पोजिसनमा छन्। “

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ