क्रुस माथी नियुकासलको नजर

एजेन्सी, स्पेनिश क्लब रियल मड्रिडका जर्मन स्टार मिड्फिल्डर टोनि क्रुस माथी इङलिस क्लब नियुकासलको नजर परेको छ। रिपोर्टका अनुसार नियुकासल क्रुस भित्र्याउनका निम्ति करिब ३० मिलियन युरो तिर्न पनि तयार देखिएको छ। 

३१ वर्षका जर्मन मिड्फिल्डर क्रुस २०१४ मा रियल मड्रिडमा अनुबन्ध भएका थिए। उनले रियल मड्रिडका लागि ३२५ खेल खेली सकेका छन्।