क्रुसले सिजनको अन्तिम खेल गुमाउने

एजेन्सी, टोनि क्रुसले ला लिगाको अन्तिम खेल गुमाउने भएको छ। कोरोना संक्रमित भए पछि क्वारेन्टाइनमा बस्दै आएका क्रुस पुण रुपले स्वस्थ्य नभए पछि खेल गुमाउने भएको हो।

रियलले शनिबार भिल्लारियलविरुद्ध खेल्दै छ। उपाधी होडमा निक्कै महत्त्व मानिएको खेलमा रियल जित्न चाहन्छ। रियलले खेल जिते पनि उपाधी भने एट्लेटिको म्याड्रिडको नतिजामा निर्भर हुनेछ। यदि एट्लेटिकोले भालाडोडसंग पराजित र रियलले जितेको खण्डमा रियलले ला लिगा जित्ने छ।

जिदानको टोलिमा क्रुसको निक्कै महत्त्वपूर्ण भुमिका रहेको छ। एट्लेटिक बिलबाओबिरुद्धक खेल कोरोनाकै कारण गुमाउनु परेको थियो।

रियलले सोमबार विज्ञप्ति निकाल्दै क्रुसको कोरोना जाँच पोजिटिभनै रहेको जानकारी दिएका छन।