क्रुसलाई अउबमेयाङले फर्काए यस्तो जवाफ

क्रुसलाई अउबमेयाङले जवाफ फर्काएका छन्। खबर अनुसार रियलका स्टार टोनी क्रुसले अउबमेयाङले गोल पछि गर्ने सेलेब्रेशनहरुको आलोचना गर्दै सो कुरालाई मूर्खता भनेका थिए।

आर्सनलका स्टार पिएरे–एमरिक अउबमेयाङले ट्विटरमा उनको आलोचनाको जवाफ दिएका छन्।

अउबमेयाङले टोनी क्रुसलाई त्याग गर्दै पोस्ट गरे: “के टोनी क्रुसको छोरा छोरी छ? बस सम्झना गर्न को लागी मैले यो(मास्क लगाएर सेलेब्रेशन) मेरो छोराको लागि गरेको थिएँ र म फेरि यो गर्नेछु।

“म आशा गर्छु कि तपाइँको पनि एक दिन बच्चाहरु हुने छ र तिनीहरूलाई खुशी बनाउने छन् ।

पिएरे–एमरिक अउबमेयाङ गोल पछि रोचक रुपले सेलेब्राशन गर्ने गर्छन उनले स्पाइडरम्यान, डेडपूल र ब्ल्याक पैन्थर जस्तो चरित्रको मास्क लगाएर सेलेब्राशन गरेका छन् र सो बारे रियल म्याड्रिडका स्टार मिडफिल्डर टोनी क्रुसले अउबमेयाङको आलोचना गरेका थिए।

“अउबमेयाङले एक पटक गोल गरे पछि मास्क लगाएर सेलेब्रेशन गरे। मेरो लागि यो त्यहि समाप्त हुन्छ। मलाई लाग्दैन कि त्यो एक राम्रो आदर्श हो, यो एक मूर्खता हो। क्रुसले बताएका थिए।