क्रिस गेलले रचे एक दिवसीय क्रिकेटमा नयाँ कीर्तिमान

भारत र वेष्ट इन्डिज बीचको पहिलो एक दिवसीय क्रिकेट खेल वर्षाले रद्द भएको छ।

बिहीबारको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले १३ ओभरमा १ विकेटको क्षेतिमा ५४ रन बनायो। यो सिरिजबाट सन्यास लिने घोषणा गरेका गेलले ३१ बलमा ४ रन मात्र बनाए। उनी कुलदिप यादवको बलमा आउट भए। एभिन लुइसले नटआउट ४० र शाइ होपले नटआउट ६ रन बनाए।त्यस पछि वर्षा भयो र खेल सुरू हुन सकेन्।

गेल वेष्ट इन्डिजका लागि सबैभन्दा बढी २९६ एक दिवसीय खेल खेल्ने पहिलो खेलाडी बन्न सफल भए। गेलले ब्रायन लाराको रेकर्ड तोडेका हो।

अब दोस्रो खेल आइतबार हुनेछ।