“क्रिस्टियानो सबै संग मिलनसार छन्”- पुर्व बार्सा मिडफिल्डर आर्थर

युभेन्टसका मिडफिल्डर आर्थरले क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका पूर्व टीम मेट लियोनेल मेस्सी बीचको भिन्नताबारे बोलेका छन्।

ब्राजिलका मिडफिल्डरले बार्साबाट युभेन्टस आएका हुन् र उनि रोनाल्डो संग आफ्नो पहिलो सिजन अनुभव गर्दै छन्।

“क्रिस्टियानो रोनाल्डो मेस्सी भन्दा आफूलाई बढी अभिव्यक्त गर्छन र उनी ड्रेसिंग रुममा सबैसँग मिल्छन ” आर्थरले डेस्मिपेडिदोलाई भने।

“उहाँ ड्रेसिंग रुममा एकदम सक्रिय छन्। उहाँ सबैसँग कुरा गर्नुहुन्छ र उनको सबैसँग राम्रो सम्बन्ध छ। हाम्रो समान भाषा रहेको कारण पनि सजिलो भएको हुन सक्छ।

“प्रत्येक व्यक्तिको आ-आफ्नो नेतृत्वको प्रदर्शन गर्ने तरिका हुन्छ। मेस्सीले आफ्नो कार्यको साथ गर्छन। “खेल जित्ने आफ्नो इच्छासहित जब उनले बल पाउँछन, मेस्सी यो प्रदर्शन गर्छन र उनको टिम मेटके यो कुरा याद गर्दछन्।”

आफुलाई दुई सुपरस्टारहरू बीच कुन मन पर्ने बारे प्रस्न गर्दा आर्थरले रोनाल्डोको नाम लिए।

“म क्रिस्टियानो छनोट गर्छु, हाल हामी सँगै खेल्दैछौं!” उनले भने।

“म क्रिस्टियानोसँग यति नजिक छैन कि म उनको घरमा कफिको लागि जान सक्छु, तर हाम्रो सम्बन्ध राम्रो छ।