क्रिस्टियानो रोनाल्डो वा लियोनेल मेस्सी? रोनाल्डिन्होले एस्तो उत्कृष्ट जवाफ दिए

Ronaldinho on Messi and Ronaldo

रोनाल्डिन्होलाइ जब रोनाल्डो र मेस्सी बीच को राम्रो खेलाडी भनेर प्रस्न गर्दा उनले एक दार्शनिक दृष्टिकोण बाट जवाफ दिए।

“म धेरै फुटबल वा पुरा ९० मिनेट हेर्ने खालको व्यक्ति होइन । म उत्क्रिस्त क्षणहरू हेर्छु, गोलहरु हेर्छु, येही नै फूटबल हो जस्तो लाग्छ मलाई । कहिले कहिँ आफुले सोचेको जस्तो हुन्छ, कहिले कहिँ हुन्न, फूटबल येस्तै हो,” पुर्व बार्सेलोनाका खेलाडीले भने ।

मेसीको कुरा गर्नु भन्दा पहिले, उनले मेस्सी लाइ “इतिहास कै सर्वउत्कृस्ट खेलाडी’ भने र मेस्सी लाइ रोनाल्डो भन्दा राम्रो खेलाडी माने।

“इतिहासको सबैभन्दा उत्तम खेलाडी हो, कुनै संदेह छैन। कसैले पनि मेसीले जे गरेको छ त्यस्तो गरेको छैन।

“म आशा गर्छु कि मेस्सी २० बर्ष अझै खेलोस। फुटबललाई माया गर्नेहरूले मेस्सीलाई अझ लामो समयसम्म खेलेको हेर्न चाहन्छ । जब मेस्सीले फूटबल छोड्छ, कसैले पनि उनको त्यो १० नम्बर लिन सक्दैन ।

रोनाल्डो र मेस्सी को प्रसङ्ग जोड्दै उनले भने, “मेरो लागि यो एक प्रश्न होइन कि को राम्रो हो भनेर, यो आफ्नो चाहना र रुचाइको कुरा हो र म मेस्सी को शैली रुचाउछु, तर रोनाल्डो पनि एक उत्कृस्ट खेलाडी हो, उ संग सबै छ, मेस्सी संग नि त्यो सबै छ तर यो आफ्नो चाहना र मनपर्ने खेल्ने तरिकाको कुरा हो र मलाई मेस्सी को खेल्ने इस्ताइल मनपर्छ।

मेस्सी सहित रोनाल्डिन्होले केहि महान खेलाडीहरु संग खेलेका छन्, र त्यहाँ केहि नामहरु छन् जो संग उनि खेल्न रुचाउछन् ।

“त्यहाँ धेरै खेलाडीहरू छन् जो संग मैले खेल्न पाएन र उतिकै धेरै खेलाडीहरु छन् जो संग म खेल्न चाहन्थे, र कौतिनहो एउटा खेलाडी हो जो संग म खेल्न चाहन्थे ।

“इनिएस्टा र कौतिनहो दुवै उत्कृष्ट खेलाडीहरू हुन्। उनिहरू को आफ्नै खेल्ने शैली छन्, तर मलाई लाग्छ कि कौतिनहो विश्व फुटबलको ठूलो नाम हो । उसको पहिले नै नाम छ, तर मलाई लाग्छ कि उ अझै अझ बढी हुनेछ”।