पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसंगको सम्झौता रद्द भएपछि उनी फ्री एजेन्ट रहेको छ ।
निकै बिबादास्पद अन्तर्वार्ता दिएपछि रोनाल्डोको युनाइटेडसंगको सम्झौता आपसी समझदारीमा रद्द गरेको हो ।
हाल रोनाल्डो क्लबबिहिन छन् ।
फिफा विश्व कप कतारमा पोर्चुगल राष्ट्रिय टोलिसंग रहेका उनी आफ्नो देशलाई उपाधी दिलाउन तत्पर रहेका छन् ।
मंगलबार राती म्यान्चेस्टर युनाइटेडले औपचारिक रुपमा घोषणा गर्दै उनीसंगको सम्झौता तोडिएको हो ।
🚨 𝗢𝗙𝗙𝗜𝗖𝗜𝗔𝗟: CRISTIANO RONALDO IS A FREE AGENT.
(Source: @ManUtd) pic.twitter.com/ziaTcOKTte
— Transfer News Live (@DeadlineDayLive) November 22, 2022
समर ट्रान्सफर विन्डोमा क्लब छाड्ने निकै हल्ला चलेपनि उनी क्लब मै रहेको थियो । धेरै क्लबहरुले उनलाई भित्र्याउन इच्छा राखेको थिएन ।
हाल इङलिस क्लब न्युकास्टल युनाइटेड उनी भित्र्याउन इच्छुक देखिन्छ । ३७ वर्षिय स्टार रोनाल्डो अझै पनि उच्च लेभल मै आफ्नो करियर निरंतरता राख्न चाहन्छन् ।
फ्री एजेन्ट रहेका रोनाल्डोलाई भित्र्याउन अब कुनै क्लबले भारी ट्रान्सफर फि तिर्नु पर्ने छैन ।