‘क्रिस्टियानो रोनाल्डो पेरिस सेन्ट-जर्मेनमा जान धेरै नजिक थिए’

युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डो पेरिस सेन्ट-जर्मेनमा जान धेरै नजिक थिए भनेर खुलेको छ। खबर अनुसार रोनाल्डो कोरोनाभाइरस माहामारीको अघि पिएसजी जाने सोचमा थिए।

टुरिनमा दोस्रो सिजनमा युभेन्टसलाई अर्को उपाधि जित्न मदत गरेका पाँच पटकको बलोनडि ओर विजेता सो समय क्लबमा खुसी नरहेको र नेमार र काइलियन एमबप्पेसँगै खेल्ने सपना देख्दै गरेको खबर छ ।

फ्रान्सेली आउटलेटका अनुसार अक्टोबरमा रोनाल्डो निराश भए जब उनले लोकोमोटिव मस्कोबिरुद्ध गोल गर्न असफल भए ।

खबर अनुसार पोर्तुगलका सुपरस्टार नयाँ गन्तव्यमा “आफूलाई चित्रण गर्न तयार” थिए र पेरिसमा सर्नको लागि उत्सुक थिए, जहाँ उनले पोर्चुगलसँग युरो २०१६ जिते।