यो हप्ता बार्सिलोनाका स्टार लियोनेल मेस्सी प्रिमियर लिगमा जान सक्ने कुराहरु आएको थियो ।
मेस्सी र एरिक अबिदाल बीचको विवादको कारण मेस्सीले बार्सा छोड्न सक्ने कुरा आउँदा सिटी र युनाइटेडले उनलाई साइन गर्ने चासो देखाएको खबर थियो।
‘He’s not Cristiano Ronaldo’
Man City should not move for Lionel Messi as he’s not physically suited to Premier League, claims former Barcelona star Emmanuel Petithttps://t.co/YKVkrQymhd
— MailOnline Sport (@MailSport) February 10, 2020
यो बारेमा कुरा गर्दै आर्सेनलका लेजेन्ड र विश्व कप विजेता इमानुएल पेटिटले भने कि मेस्सीले इंग्ल्याण्डमा संघर्ष गर्नुपर्ने छ।
“इमानदारीपूर्वक, मलाई लाग्दैन कि मेस्सी इंग्ल्याण्डको खेल तीव्रतामा उपयुक्त हुने छन्। उनि इंग्ल्याण्डको आक्रामक अवस्थामा खेल्न सक्दैनन्। स्पेनमा, उनि सुरक्षित छन् ।
“उनिलाई प्रिमियर लिगमा देख्न प्रशंसकहरूको लागि खुसीको कुरा हुने छ तर सिटी जस्तो क्लबले मेस्सीलाई साइन गर्ने छैन जस्तो लाग्छ, उनि ३२ वर्षका भैसके।
🗣 “He’s not Cristiano Ronaldo. Honestly, I don’t think he’s suited to the intensity of England.”
Emmanuel Petit doesn’t think Lionel Messi would fit in in the Premier League 😳
— ComeOn! Sports and Casino (@ComeOnPulse) February 9, 2020
“मेस्सी क्रिस्टियानो रोनाल्डो होइनन्। शारीरिक रूपमा, रोनाल्डो मेशीन हुन्। रोनाल्डो ३२ वर्षको हुँदा धेरै उत्कृष्ट थिए। मेस्सीको उच्च स्तरमा खेल्ने क्षमता केवल एक वा दुई वर्ष छ।